सर्जकको उपलब्धि
गफै गफमा एक साथीले नेपाल विद्युत् प्राधिकरणप्रतिको गुनासो सुनाए। केही समयअघि १ हजार ८० रुपियाँको महसुल तिर्न हिँडेका उनले रकम अभाव हुँदा एक हजार रुपियाँ मात्रै भुक्तानी गरेछन्। तर, त्यसपछिको महिनामा नयाँ बिल आउँदा त्यस भुक्तानीको कुनै हिसाबकिताब देखिएन। उल्टो बिल बढेर आएकाले कारण बुभmन म पनि उनीसँगै प्राधिकरणको रत्नपार्कस्थित काउन्टरमा पुगेँ।
त्यसो त कार्टुन बनाएर व्यंग्य गर्न सकिने र गर्नैपर्ने थुप्रै विषय/पात्र हुन्छन्, साताभरिमा। अझ हाम्रो परिवेशमा राजनीतिक/सामाजिक विकृति र विसंगतिको कुनै कमी छँदै छैन। तैपनि, नराम्रोमध्ये पनि छुटाउन नमिल्ने विषयको चयन नै टाउको दुखाइ हुने गर्छ व्यंग्य चित्रकारलाई। त्यसमाथि शब्द र चित्रको उचित तालमेलमा कार्टुन पस्कनु अर्को चुनौती हो।
प्रकाशित कार्टुनबारे थरीथरीका प्रतिक्रिया सुन्न पाउनु, चिनेका र अन्जान फेसबुक साथी तथा प्रयोगकर्ताहरूले लाइक, कमेन्ट र सेयरको माछा मार्न मेरा कार्टुनलाई आफ्नो वालमा पोस्ट गरेर बल्छी थापेको देख्दा रमाइलो लाग्नु स्वाभाविक हो।
तर, प्रत्येक कार्टुनको प्रकाशनसँगै केही प्रश्न पनि उब्जिएका हुन्छन्। कार्टुनिस्टले लक्षित गरेका पात्र, विशेष गरी राजनीतिक नेताहरूले के आफूमाथिको व्यंग्य चित्र हेर्छन् ? त्यो देखेर उनीहरू रसिाउँछन् कि हाँस्छन् वा लाज पचाउँछन् ? अथवा, एकछिन आँखा चिम्लेर मनमनै विगतका गल्ती सच्याएर चोखिने प्रण गर्छन् ? आखिर आपmनो सिर्जनाका कारण कसैमा चेतना आउनु नै सर्जकको सच्चा उपलब्धि हो।
किर्ते विद्यार्थी परिचयपत्र
ठगले ठगी गर्ने नयाँ-नयाँ उपाय खोजे पनि एक दिन यस्तो आउँदो रहेछ, जब ऊ नराम्ररी फन्दामा पर्दो रहेछ। प्रसंग सार्वजनिक सवारीमा यात्रा गर्दा केही दिनअघिको हो। म कलंकीबाट कोटेश्वर जाने माइक्रोबसको ड्राइभरसँगैको सिटमा बसेको थिएँ। अगाडिको सिसामा केही विद्यार्थी परचियपत्र र भर्ना रसिद अड्काएर राखिएका थिए। कसैले बिर्सेर पो गएको हो कि भनेर सोध्दा थाहा भयो, ती परचियपत्र त नक्कली रहेछन्। किर्ते प्रमाणित भएपछि यात्रुबाट जफत गरेर सार्वजनिक प्रदर्शनीका लागि त्यसरी राखिएका रहेछन्।
यात्रा गर्दा विद्यार्थी सहुलियत लिने मनसायले गैरविद्यार्थीहरू पुराना परचियपत्रमा मिति सच्याउनेदेखि नक्कली परचियपत्र देखाउन पनि पछि पर्दैनन्। यातायात व्यवसायीहरू पनि के कम ! विद्यार्थी भर्ना रसिद देखाउन भन्छन्। तर, अब त भर्ना रसिदसमेत नक्कली हुन थालेछ। अनि, व्यवसायीले नक्कली विद्यार्थीका नक्कली कामलाई किन सार्वजनिक प्रदर्शन नगरून् त !
गल्ती प्राधिकरणको, दोषी ग्राहक
कम्प्युटर शाखामा बुझ्न खोज्दा थाहा भयो, उनको त दस वर्षअघिको महसुल १ हजार ५ सय चानचुन रुपियाँ बाँकी रहेछ, जसमध्ये हजार रुपियाँ भने उही अघिल्लो महिना गरेको भुक्तानी मिलान भएर बाँकी पाँच सय चानचुन, त्यो महिना र अघिल्लो महिनाको महसुल एवं जरविानासहित नयाँ बिल आएको रहेछ। "दस वर्षअघिको महसुल बाँकी भए त्यतिका वर्षमा कुनै बिलमा किन उल्लेख भएन त ?" नियमित रूपमा महसुल तिर्ने गरेका साथीले प्रश्न गरे। तर, उनले जवाफ के पाए भने त्यसबेला कागजमा महसुलको हिसाब राखिन्थ्यो, पछि त्यसलाई कम्प्युटर प्रणालीयुक्त बनाइयो र त्यही क्रममा भएको मानवीय त्रुटिका कारणले धेरै हिसाबकिताब दुरुस्त रहेनछन्। उनले सोधे, "कर्मचारीको गल्तीको सजाय ग्राहकले भोग्नुपर्ने ?" प्रश्न जायज थियो। जवाफ आयो, "यस्तो समस्या पहुँचवालाहरूलाई पनि परेको छ र सबैले यस्तो बक्यौता तिर्नैपर्छ।" कस्तो अचम्म ! प्राधिकरणको गल्तीको भागिदार आमग्राहक बन्नुपर्ने ?
दुई वर्षको उमेरमै परीक्षा !
भर्खरै दुई वर्ष नाघेकी मेरी भतिजीलाई ताहाचलस्थित एक विद्यालयको प्ले ग्रुपमा भर्ना गरियो। प्ले ग्रुप भन्नेबित्तिकै रंगीचंगी खेलौनाले भरएिको सुरक्षित स्थानमा स-साना नानीलाई खेल र संगीतसँगै केही अक्षर चिनाइदिने ठाउँको चित्र आउँछ मानसपटलमा, जहाँ उनीहरूलाई न्यूनतम किताबी भार भात्र दिइन्छ।
त्यसै पनि साना नानीहरूलाई विद्यालय पठाउन अनेक उपाय गरी फकाउनुपर्ने हुन्छ। त्यसरी खेलाउँदै फकाएर स्कुलको वातावरणमा हेलमेल गराउनुपर्ने उमेरका नानीहरूले कम्ती सास्ती पाउँदा रहेनछन्। पहिले त तिनलाई नर्सरीका नानीहरूसित मिसाएर त्यही स्तरका किताब पढाउने, अनिवार्य युनिर्फम लगाउनुपर्नेजस्ता वाहियात प्रचलनले एकातिर दैनिक झमेला बढाएको छ, अर्कातिर ती सानी नानीको खल्तीमा हालेर पठाइएको बिलमा परीक्षा शुल्क चार सय रुपियाँ उल्लेख भएको पाउँदा त उदेकै लाग्यो। खेल्न पठाएको नानीको कस्तो परीक्षा लिने रहेछन् कुन्नि, हाम्रा यी किन्डरगार्टेनहरूले ?
No comments:
Post a Comment