सर्जकको उपलब्धि
गफै गफमा एक साथीले नेपाल विद्युत् प्राधिकरणप्रतिको गुनासो सुनाए। केही समयअघि १ हजार ८० रुपियाँको महसुल तिर्न हिँडेका उनले रकम अभाव हुँदा एक हजार रुपियाँ मात्रै भुक्तानी गरेछन्। तर, त्यसपछिको महिनामा नयाँ बिल आउँदा त्यस भुक्तानीको कुनै हिसाबकिताब देखिएन। उल्टो बिल बढेर आएकाले कारण बुभmन म पनि उनीसँगै प्राधिकरणको रत्नपार्कस्थित काउन्टरमा पुगेँ।
त्यसो त कार्टुन बनाएर व्यंग्य गर्न सकिने र गर्नैपर्ने थुप्रै विषय/पात्र हुन्छन्, साताभरिमा। अझ हाम्रो परिवेशमा राजनीतिक/सामाजिक विकृति र विसंगतिको कुनै कमी छँदै छैन। तैपनि, नराम्रोमध्ये पनि छुटाउन नमिल्ने विषयको चयन नै टाउको दुखाइ हुने गर्छ व्यंग्य चित्रकारलाई। त्यसमाथि शब्द र चित्रको उचित तालमेलमा कार्टुन पस्कनु अर्को चुनौती हो।
प्रकाशित कार्टुनबारे थरीथरीका प्रतिक्रिया सुन्न पाउनु, चिनेका र अन्जान फेसबुक साथी तथा प्रयोगकर्ताहरूले लाइक, कमेन्ट र सेयरको माछा मार्न मेरा कार्टुनलाई आफ्नो वालमा पोस्ट गरेर बल्छी थापेको देख्दा रमाइलो लाग्नु स्वाभाविक हो।
तर, प्रत्येक कार्टुनको प्रकाशनसँगै केही प्रश्न पनि उब्जिएका हुन्छन्। कार्टुनिस्टले लक्षित गरेका पात्र, विशेष गरी राजनीतिक नेताहरूले के आफूमाथिको व्यंग्य चित्र हेर्छन् ? त्यो देखेर उनीहरू रसिाउँछन् कि हाँस्छन् वा लाज पचाउँछन् ? अथवा, एकछिन आँखा चिम्लेर मनमनै विगतका गल्ती सच्याएर चोखिने प्रण गर्छन् ? आखिर आपmनो सिर्जनाका कारण कसैमा चेतना आउनु नै सर्जकको सच्चा उपलब्धि हो।