Sunday, December 15, 2013
Tuesday, December 10, 2013
Saturday, November 16, 2013
Thursday, November 14, 2013
Saturday, November 9, 2013
Tuesday, October 29, 2013
Saturday, October 5, 2013
Thursday, October 3, 2013
Sunday, September 29, 2013
Thursday, August 15, 2013
Sunday, August 4, 2013
Thursday, August 1, 2013
Sunday, July 28, 2013
Monday, July 22, 2013
Friday, July 19, 2013
Monday, July 15, 2013
Sunday, July 14, 2013
Thursday, July 11, 2013
Wednesday, July 10, 2013
Monday, July 8, 2013
Friday, July 5, 2013
Monday, June 24, 2013
नोटबुक
सर्जकको उपलब्धि
गफै गफमा एक साथीले नेपाल विद्युत् प्राधिकरणप्रतिको गुनासो सुनाए। केही समयअघि १ हजार ८० रुपियाँको महसुल तिर्न हिँडेका उनले रकम अभाव हुँदा एक हजार रुपियाँ मात्रै भुक्तानी गरेछन्। तर, त्यसपछिको महिनामा नयाँ बिल आउँदा त्यस भुक्तानीको कुनै हिसाबकिताब देखिएन। उल्टो बिल बढेर आएकाले कारण बुभmन म पनि उनीसँगै प्राधिकरणको रत्नपार्कस्थित काउन्टरमा पुगेँ।
त्यसो त कार्टुन बनाएर व्यंग्य गर्न सकिने र गर्नैपर्ने थुप्रै विषय/पात्र हुन्छन्, साताभरिमा। अझ हाम्रो परिवेशमा राजनीतिक/सामाजिक विकृति र विसंगतिको कुनै कमी छँदै छैन। तैपनि, नराम्रोमध्ये पनि छुटाउन नमिल्ने विषयको चयन नै टाउको दुखाइ हुने गर्छ व्यंग्य चित्रकारलाई। त्यसमाथि शब्द र चित्रको उचित तालमेलमा कार्टुन पस्कनु अर्को चुनौती हो।
प्रकाशित कार्टुनबारे थरीथरीका प्रतिक्रिया सुन्न पाउनु, चिनेका र अन्जान फेसबुक साथी तथा प्रयोगकर्ताहरूले लाइक, कमेन्ट र सेयरको माछा मार्न मेरा कार्टुनलाई आफ्नो वालमा पोस्ट गरेर बल्छी थापेको देख्दा रमाइलो लाग्नु स्वाभाविक हो।
तर, प्रत्येक कार्टुनको प्रकाशनसँगै केही प्रश्न पनि उब्जिएका हुन्छन्। कार्टुनिस्टले लक्षित गरेका पात्र, विशेष गरी राजनीतिक नेताहरूले के आफूमाथिको व्यंग्य चित्र हेर्छन् ? त्यो देखेर उनीहरू रसिाउँछन् कि हाँस्छन् वा लाज पचाउँछन् ? अथवा, एकछिन आँखा चिम्लेर मनमनै विगतका गल्ती सच्याएर चोखिने प्रण गर्छन् ? आखिर आपmनो सिर्जनाका कारण कसैमा चेतना आउनु नै सर्जकको सच्चा उपलब्धि हो।
मोबाइल हराउँदा
एकजना मित्रको सधैं गुनासो रहन्थ्यो, अफिस जाँदा आउँदा दैनिक तीस रुपैयाँभन्दा बढी खर्च हुन्छ, त्यो पनि जाली विद्यार्थी परिचयपत्र देखाएर छुट पाउँदा पनि । हिसाब लगाउँदा महिनाको लगभग पन्ध्र सयको खर्च किन धानिरहनु भनेर उसलाई चालीस पचास हजारमा एउटा सेकेन्ड ह्यान्ड बाइक किन्न सुझाव दिएको थिएँ । यही अभियानमा लागेर बिक्रेता पनि खोजिसकेको थिएँ । अन्तमा आएर साथीले नाइँ भनिदियो । उसको हातमा रहेको नयाँ आइफोन देखेर थाहा भयो, यही महँगो मोबाइल सेट किनेर साथीले पैसा सकेको थियो । नपुगेको यताउताबाट ऋण पनि गरेछ । त्यस दिनदेखि ऊ प्रायः मोबाइलमै फेसबुक र टि्वटर चलाउँदै गरेको देखिन थाल्यो । ऊसितको हरेक भेटमा नयाँ मोबाइलसेटका विभिन्न फिचरहरू देखाएर हैरान पाथ्र्यो । फोन गर्न भने कन्जुस छ, उसले मिसकल गर्यो भने मैले कलब्याक गर्नुपर्ने ।
नयाँ आइफोन बोकेर लौकाजत्रो नाक र नाङ्लोजत्रो छाती पारेर अझै पनि जाली परिचयपत्र देखाउँदै बस तथा माइक्रोमा आवतजावत गर्ने उसको क्रम निरन्तर थियो । यसैबीच एक दिन ऊ अँध्यारो र हतास अनुहार लिएर उपस्थित भयो । 'मेरो आइफोन त चोरी भयो, बसमा ।' योभन्दा बढी केही बोल्ने हालतमा थिएन ऊ । बिचरालाई मैले स्वदेश फर्केको एउटा लाहुरेको किस्सा सुनाएँ, जसको कथा ऊसित ठ्याक्कै मिल्दो थियो । विदेशमा मजदुरी गरेर फर्केको त्यो व्यक्ति सुटबुटमा सजिएर रवाफ देखाउँदै सार्वजनिक यातायातमा महँगो मोबाइलको प्रदर्शन गर्ने क्रममा लुटिएको थियो ।
अचेल प्रविधितिर लोभिनेहरू बढेका छन् । बजारमा दिनहुँ नयाँ र लोभलाग्दा डिजाइनका मोबाइलहरू भित्रिँदै छन् । मान्छे तिनका पछि दौडँदै छन् । महँगो मोबाइल सेटकोे रहर त्याग्न गाह्रै हुन थालेको मान्छेलाई । हातमा सेक्सी डिजाइनका स्मार्टफोन हुनेको मुहारमा गजबको चमक र आत्मविश्वास झल्किन्छ । तर एउटा अनौठो प्रकारको डर पनि साथमा किनेका हुन्छौँ क्यारे यस्ता महँगा ग्याजेटका साथमा । हरेक क्षण यो हराउला कि, कतै बिर्सिएला कि, चोरिएला कि, खस्ला कि, बिग्रेला कि... आदि आदि । सुत्दा उठ्दा, खाँदा, बस्ता, सवारी चलाउँदा र ट्वाइलेटमा समेत आफूसँगै हुन्छ मोबाइल । यतिको समय कसैले आपmनो पि्रय व्यक्तिसित पनि बिताएको हुँदैन । तर यही प्यारो मोबाइल हराइदिँदा, चोरिँदा, लुटिँदा भने मन कटकट हुने भइहाल्यो ।
निद्रा बिथोल्ने सपनाहरू
मेरो त्यत्रो दिनको मिहिनेतको प्रतिफल प्रयोगमा ल्याउन नपाउँदै हराएको थियो । मैले बनाएको त्यो 'रेडियो' घन्काउन मौकाको खोजीमा थिएँ, तर हराएछ । यस घटनाले कति रात म सुत्नै सकिनँ । 'सपना त्यो होइन, जुन निदाएको अवस्थामा देखिन्छ । सपना त त्यो हो, जसले निदाउनै दिँदैन' फेसबुकका पानामा देखिएका यी घतलाग्दा पंक्ति अब्दुल कलामको फोटोमा आकर्षक डिजाइनका साथ टाइप गरिएका थिए । साँच्चै, महान् व्यक्तिका महान् कार्य यस्तै निदाउन नदिने सपनाका प्रतिफल थिए होलान् । यस्तै सपनाले हामीलाई मिहिनेत गराउँछ । मैले पनि त्यस्तै सपनाले निदाउन नदिएरै त्यो 'खेलौना रेडियो' बनाउन पुगेको थिएँ ।
दुई कक्षा पढ्दाको कुरा । तीन सुकामा एउटा अण्डा पाइने बेलाको । अझै पनि रेडियो टीभीभित्र नाच्ने, गाउने ससाना मान्छे पो हुन्छन् कि भनेर घरीघरी जाँच्न मन लाग्थ्यो । ती साना ठूला बाकसको पछाडि यसो चियाउन जान्थेँ मौका पाउनेबित्तिकै । मनमा असीम खुल्दुलीले मलाई आफ्नै रेडियो बनाउन लगायो । अति सरल सिद्धान्तमा रेडियो घन्किँदो रहेछ भन्ने लाग्यो बालमस्तिष्कमा र लाग्न थालेँ त्यसको लागि सामान जोड्न । एउटा बट्टा, केही पुराना ब्याट्री, पुरानो स्पिकरको अवशेष चुम्बक, साइकलको पांग्राको तार, छोटो बिजुलीका तार आदि आदि । म जहिल्यै एकान्तको मौका खोज्थेँ ।
एक दिन ती सबै सामानलाई यसरी होला कि उसरी होला अनुमान लाउँदै जोडेँ । साइकलको पांग्राको त्यो तारलाई एन्टिना मानेर फिट गरेँ । त्यसमा जोडें एक जोडी बिजुलीका तार, जसलाई २२० भोल्ट आउने दुलाभित्र छिराउनेबित्तिकै घरमा रहेको अरू रेडियोजस्तै यो पनि बज्न थाल्नेछ भन्ने कुरामा म ढुक्क थिएँ । बा आमा तथा दाजुहरूसित यो कुरा सेयर गर्न सक्तिनथेँ । किनकि मेरो महान् आविस्कारलाई हावामा मात्र उडाइने छैन, गालीको वषर्ातमा नराम्ररी भिज्नुपर्नेछ, त्यो पक्का थियो ।
ब्याड लक भनूँ कि गुड लक, प्रयोगभन्दा अगाडि नै त्यो हरायो । गुड लक यो मानेमा कि, कथंकदाचित मैले मौका छोपेर त्यसको प्रयोगको नाममा बिजुलीसित खेलबाड गर्न पुगेको भए मेरो के हालत हुन्थ्यो होला ? यो लेख्न सुनाउन म बाँचेको पनि हुन्थेँ कि हुन्थिनँ ? उसो त हाउगुजी टाइपका सपनाहरूले पनि निदाउन दिँदैनन् । जाँचको भूतले कम्ती सास्ती गर्दैन । यही डरले टुप्पी कसेर पढ्न कर लाग्थ्यो र फेल हुन दिँदैनथ्यो । पढाइबाहेकको कुरा गर्ने हो भने, नौलो सामान देख्नेबित्तिकै त्यसको कपी गर्न खोज्ने बानी थियो मेरो । साथीहरूको नयाँ खेलौना आदि देख्दा त्यस्तै खेलौना किन्नेभन्दा पनि कच्चापदार्थ जोडेर तिनलाई बनाउने कोसिसमा हुन्थेँ । कहिले यस्तै यस्तै कुरा सम्झँदै पल्टिँदा निदाउन नपाउँदै बिहान हुन्थ्यो । अनि मबाट हुने गर्थे उट्पट्याङ काम । गुच्चा, गट्टा खेल्दादेखि लिएर धनुकाँडले निसाना लाएर खेल्दा साथीहरूलाई घाइते बनाउने महान् कामहरू पनि भए उबेला । तर केही केही उपयोगी नतिजा ननिस्केका भने होइनन् ।
Subscribe to:
Posts (Atom)